काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले विश्वासको मत नदिने भएको छ ।
मुख्यमन्त्रीले कर्णालीको समृद्धि र राजनीति स्थायित्वका लागि आफूहरूसँग पनि मत मागे पनि कांग्रेसले विश्वासको मत नदिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले बताए ।
संसदमा बोल्दै सचेत विष्टले भने, “उहाँलाई विश्वासको मत दिने उपयुक्त समय नआएकाले विपक्षमा मत हाल्ने छौँ।”
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले आज विस्वासको मत माग्दैछन् ।
४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १४ सांसद छन् । यस्तै, माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ ।