महानगर प्रहरीले पत्रकारलाई गरेको आक्रमण प्रति पत्रकार महासंघको ध्यानाकर्षण
काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरीले पत्रकारलाई आक्रमण गरेको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण गराएको छ । समाचार संकलन गर्ने क्रममा नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सदस्य पदमप्रसाद पोख्रेललाई नगर प्रहरीले आक्रमण गरेको भन्दै महासंघले ध्यानाकर्षण गराएको हो । महासंघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नागरिकलाई सुसूचित गराउने जिम्मेवारी वहन गर्ने पत्रकारलाई नगर प्रहरीले गरेको यो...