बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
काठमाडौं । बागमती प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रोपटक विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमतले स्वीकृत भएको हो । ११० सदस्यीय प्रदेशसभामा जम्कट्टेलले ५६ मत पाए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मत दिएका छन् । प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा...