काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । लामो लफडाकाबीच अन्तत सोडारीले विहीबार दाबी पेस गरेका हुन् ।
एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका छन् । यद्यपि नाउपाका सातै जना सांसदको समर्थन रहेको समर्थनपत्रमा उल्लेख छ ।
सुदूरपश्चिममा एमालेका १०, माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका १० र नाउपाका सात सांसद रहेका छन् ।
सोडारीले आजै शपथ लिने तयारी रहेको सत्तारुढ दलका नेताहरुले बताएका छन् ।