काठमाडौं। नेकपा (एकिकृत समाजवादी) कोशी प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ।
शनिबार राजधानीको डिल्लिबजार स्थित नेपाल साँस्कृतिक संघको हलमा अधिवेशन सम्पन्न भएको हो। उद्वघाटन सत्रको अध्यक्षता कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अम्बर रावतले गरेका थिए ।
अधिवेशनले दीलिप राईको नेतृत्वमा १९ सदस्सीय कमिटी चयन गरेको छ। संगठनको उपाध्यक्ष देवीप्रसाद रिजाल, गशेणकुमार खड्कालाई चयन गरिएको छ। त्यस्तै सचिवमा जनकप्रसाद दाहाल र उपसचिव मनोज कुमार चौधरी, भीमराज राई र गंगा प्रसाद रिजाललाई चयन गरिएको छ। त्यस्तै आर्थिक विभाग प्रमुखमा रत्नादेवी राईलाई सर्वसम्मत रुपमा चयन गरिएको हो।
उद्घघाटन सत्रको प्रमुख अतिथि पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , अतिथीहरुमा उपाध्यक्ष घनेन्द्र बस्नेत, जयन्ती राई, लेखा आयोगका अध्यक्ष भरत श्रेष्ठ, पार्टी पोलिटव्यिरो सदस्य विजय गुरुङ, वलदेव चौधरीको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै केन्द्रीय सदस्य विरवलकाजी राई, अम्विका थापा, दुर्गा परियार, भीम राई, सुदेश पराजुली, केन्द्रीय लेखा आयोगका सदस्य दंगध्वज खोयाहाङ, निर्वाचन आयोगका सदस्य-सम्पर्क विशेष प्रदेश कमिटीका उपाध्यक्ष नवराज तिमिल्सिना, सचिव चन्द्र बहादुर शाही, उपसचिव केशर अधिकारी केन्द्रिय परिषद सदस्य रेख प्रधान राई र दुर्गा आचर्य, जिल्ला भुगोलका अध्यक्ष र पदाधिकारीहरु सहितको उपस्थिति रहेको थियो।