January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

कोशीका मुख्यमन्त्री कार्की रिट लिएर पुगे सर्वोच्च

1.3K

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै त्यसविरूद्ध मुख्यमन्त्री कार्की बिहीबार दिउँसो मुख्यमन्त्री कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्।

mostbet

अहिले रिट दर्ता हुने प्रक्रियामा रहेको बताइएको छ ।

Advertisement

उनले नयाँ सरकार गठन गर्नु असंवैधानिक भएको दाबी गरेका छन्।

एमालेका हिक्मत कार्कीले ५२ जना प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति साढे १० बजे नयाँ सरकार गठनको आह्वान गरेका थिए।

बुधबार प्रदेश प्रमुख खापुङ्गले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका हुन्।

खापुङले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५: ०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन्।