समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नुपर्छ: डिआइजी खापुङ
ओखलढुंगा । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले समुदायसँग मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमणको क्रममा डिआइजी खापुङले यस्तो बताउदै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिएका छन् । खापुङले कार्यालय भवन, सम्पूर्ण शाखाहरू, मेस, क्यान्टिनलगायत हिरासत कक्षको समेत निरीक्षण...