February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

कोशी प्रदेशका मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

935

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन् ।

प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की भने रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। अहिले रिट दर्ता हुने प्रक्रियामा रहेको बताइएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति साढे १० बजे नयाँ सरकार गठनको आह्वान गरेका थिए।

Advertisement

बुधबार प्रदेश प्रमुख खापुङले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका हुन्।

खापुङले प्रदेश सरकार गठन गर्न कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई वैशाख २८ गते, शुक्रबार अपराह्न ५: ०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन्।

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।  