पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् ।
संविधान अनुसार अधिकारीले वैशाख २४ गतेभन्दा अगाडि विश्वासको मत लिनुपर्ने व्यवस्था अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।
अधिकारी चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
गण्डकीमा बहुमतका लागि ३० सिट वा ३१ सिट भन्ने लफडा छ । सभामुखको गणना दाबीको समयमा नगनेपनि संसदमा ३१ सिटले मात्रै बहुमत हुने केही कानूनविद्हरुको तर्क छ । गठबन्धन दलहरु भने सर्वोच्चले ३० लाई बहुमत मानेकाले सोही अनुसार संसद् फेस गर्ने बताइरहेका छन् । सभामुखले ३० सिटलाई नै बहुमत घोषणा गर्ने तयारी भइरहेको छ ।