देउवालाई चौधरीले भने, ‘छल गर्यो मायाले…’ गीत गाउन नपरोस्
काठमाडौं । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमै सचेत भएर बस्न सुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै चौधरीले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा सचेत रहन देउवालाई आग्रह गरेका हुन् । संविधानमाथि र संसद्माथि प्रहार हुने अवस्था आएमा...