November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राप्रपाका केन्द्रीय नेता कर्णाली यात्रामा

1K

सुर्खेत । ‘कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय नेताहरू कर्णाली यात्रामा निस्किएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही र प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका नेताहरू मंगलबार सल्यानको सल्ली बजार पुगेका छन् । सल्लीबजारबाट सुरु गरेको यात्रा सुर्खेत, दैलेख हुँदै मुगु पुग्ने जानकारी प्राप्त भएको छ ।

सल्लीबजारमा कार्यक्रम गरेर नेताहरूको टोली बेलुका प्रदेश राजधानी वीरेन्द्रनगर जाने कार्यक्रम रहको छ । बुधबार पश्चिम सुर्खेतको बाबियाचौर, बिहीबार दैलेखको दुल्लु, शुक्रबार कालीकोट सदरमुकाम मान्म, शनिबार जुम्लाको गोठिजिउला र आइतबार मुगुको सदरमुकाम गमगढीमा आमसभा कार्यक्रम तय गरिएको छ ।

Advertisement

राप्रपाले आफ्ना कुरा भन्ने र जनताका कुरा सुन्ने धेयका साथ कर्णाली यात्रा सुरु गरिएको बुझिाएको छ ।