काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक साँझ ५ बजे बस्नेगरी बोलाइएको हो ।
प्रधानमन्त्री ओलीले यसअघि सोमबारका लागि बैठक बोलाएका थिए । तर, काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति नभएपछि प्रधानमन्त्रीले उक्त बैठक रोकेका थिए ।