काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिको हातबाट टिका थाप्नु यो देश र भावी पुस्तामाथि पाप गर्नु बारबर भएको बताएका छन् ।
बुधबार मिश्रले पूर्व राजा ज्ञानेन्द्रको हातबाट किन टिका लाउने भन्ने प्रश्नको जवाफ दिँदै विजया दशमीको दिन राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका थाप्न शीतल निवास नजान आह्वान गरेका हुन् ।
राजा ज्ञानेन्द्र र किन राजासँग दशैँको टिका लगाउने र राष्ट्रपतिसँग नलगाउने ? भन्नेबारे मिश्रको जवाफ छ, ‘राजाको आजको दशैँ शुभकामना सन्देश पढ्दै गर्दा म सदा भनेजसो हिंसाग्रस्त मध्यपूर्वमा सिरिया, इजरेल, प्यालेस्टाइन, इराक, साउदी अरेबिया जस्ता देशले घेरिएको राष्ट्र जोर्डनलाई त्यहाँको अर्धसंवैधानिक राजसंस्थाले कसरी जटील मोडहरूमा बचाएर आज सो क्षेत्रकै स्थिर देश बनायो भन्नेबारे सोचिरहेको थिएँ। देशलाई बचाउन राजसंस्थाले कहिले सबै प्रजातान्त्रिक अधिकार कटौति गरिदियो, अनेकौँ युद्धको सामना गर्यो, शरणार्थी संकट ब्योहोर्यो, राजा अब्दुल्लाको त सन् १९५१ मा हत्या नै भयो, र उनका उत्तराधिकारी राजा हुसेनको पनि हत्या प्रयास गरियो। तर पनि जोर्डनका जनताले राजसंस्था जोगाए’ ।