April 12, 2025, Saturday
२०८१ चैत्र ३०
1:37:26 pm

पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको हल्ला मात्र, त्यसमा सत्यता छैन माधव नेपाल

845

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी फुट्ने हल्ला नियोजित रूपमा चलाइएको बताएका छन् । पार्टी मुख्यालय  आलोकनगरमा मङ्गलबार बसेको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी फुट्ने हल्ला हल्ला मात्र भएको बताएका हुन् । 

अध्यक्ष नेपालले नेता कार्यकर्तालाई हल्लै हल्लाको पछि नलागी पार्टी संगठन निर्माणमा लाग्न  निर्देशन दिएका छन् ।
उनले समसामयिक राजनीति र पार्टीको अवस्थाबारे ब्रिफिङ गर्दै उनले  भने ‘हाम्रो पार्टी फुट्दै छ भनेर हल्ला चलाइएको मैले पनि सुनिरहेको छु त्यसमा सत्यता छैन । अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  नेपालले वर्तमान राजनीतिक अवस्था लगायतका बारेमा ब्रिफिङ समेत गरेका थिए ।  

बाग्मती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुसालको अध्यक्षतामा बसेको बैठकमा  वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, नेताहरू डा बेदुराम भुसाल, प्रमेश हमाल उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर सहित प्रदेश कमिटीका सदस्यहरू पनि सहभागी छन् । बैठकमा प्रदेशका गतिविधि, भावी योजना लगायत विविध  विषयमाथि छलफल हुने अध्यक्ष भुसालले बताइन् ।

Advertisement