विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । उनले बुधबार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष राजिनामा पत्र बुझाएका हुन्।
मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारी नदिई जापान गएको कारण मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदीय मर्यादा विपरित र गैरकानुनी रुपमा विदेश भ्रमण गएको भन्दै राजिनामा दिन निर्देशन दिएपछि अधिकारीले राजिनामा दिएका हुन् ।
उक्त मन्त्रीको राजीनामा मुख्यमन्त्री कार्कीबाट स्वीकृत भएको छ ।







