November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओली नेतृत्वको सरकारले सकारात्मक काम गर्न सकेन: श्रेष्ठ

930

विराटनगर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारको सकारात्मक काम गर्न नसकेको बताएका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले भने, ‘दुई वटा पार्टी मिलेर निरंकुशतामा जाने संकेत सरकारले गइरहेको छ, अन्य राजनीतिक पार्टीलाई हस्तक्षेप गर्न, विभाजन गर्न अध्यादेश ल्याउने तयारी गरेको चर्चा पनि छ । हामीले भ्रष्टाचार विरुद्ध अभियान चलायौँ । तर, अहिले सरकारको त्यो काम अगाडि बढाएको छैन ।’

उनले बाढीपहिरो र डुबानमा परेकाहरुको खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि सरकारले काम गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘यो सरकारले देश जनताको पक्षमा सकारात्मक काम गर्न सकेको छैन ।’

Advertisement

उनले माओवादी केन्द्रको ध्यान अहिले सरकारतिर नभएको भन्दै भने, ‘सरकार  चलेन, सरकारले सङ्कट नै ल्यायो भने हामीले सोच्ने कुरा हो । तर, हामी आफूले चाहिँ सरकार कहिले ढाल्ने र सरकारमा जाने भन्ने सोचेको पनि छैनौँ।’