विश्वसम्राट पेलेलाई फुटबलकाे प्रसिद्धि प्राप्त गरेकै शहरमा समाधिस्थ गरियो
काठमाडाैं । फुटबलका विश्वसम्राट पेलेलाई उनले प्रसिद्ध प्राप्त गरेको शहरको कब्रिस्तानमा समाधिस्थ गरिएको छ । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भिला बेलमिरोमा महान् खेलाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । साङ्गीतिक टोलीको शोक धुनसँगै, शोक गीत र रोमन ‘क्याथोलिक’ भजन गाउँदै, बजाउँदै गरिएको शवयात्रामा हजौरौँ सहभागी भएका थिए । सुनले बेरिएको ‘कास्केट’ आइपुग्नु अघि कब्रिस्तानमा...