रुसी लडाकु विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
काठमाडौं : दक्षिणी रुसमा एउटा लडाकु जहाज दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। युक्रेनको सीमा नजिक रुसको ययास्क सहरमा सुपरसोनिक लडाकु जहाज आवासीय भवनमा ठोक्किएर दुर्घटना भएको हो। घटनामा अरु कम्तीमा १९ जना घाइते भएका छन्। घाइते हुनेमा आवसीय भवनका बालबालिकासमेत छन्। एउटा ९ तले भवनमा लडाकु जहाज ठोक्किएपछि त्यहाँ आगोको मुस्लो देखिएको जनाइएको...