November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

2.4K

काठमाडौं । भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । राजस्थानको हनुमानगढमा भएको विमान दुर्घटना हुँदा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको हो ।

भारतीय वायुसेनाका अनुसार विमान बहलोल नगर क्षेत्रको एउटा घरमा विमान खसेको थियो । विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका कारण सकुशल छन् ।

वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Advertisement