April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

2.4K

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई यौन दुर्व्यवहारमा दोषी ठहर्याएको हो ।

एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले आफ्नो मानहानीसमेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर गर्दै कोर्टले पीडितलाई क्षतिपूर्ति वापत् ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।

ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्याएको छैन ।

Advertisement

ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्नेसमेत उल्लेख गरेका छन् । पूर्वराष्ट्रपति ट्रम्पका प्रवक्ताले जारी गरेको बयानमा ट्रम्प विरुद्धको अभियान अन्तर्गत अदालतको यो फैसला आएको भन्दै यो राजनीतिबाट प्रेरित भएको टिप्पणीसमेत गरिएको छ । यो फैसलाविरुद्ध अपिल गर्ने ट्रम्पको योजना रहेको बीबीसीले जनाएको छ ।

पोर्न स्टार स्टोर्मी डेनिल्सलाई पैसा दिएर दबावमा राखेको अभियोगमा ट्रम्पले फौजदारी मुद्दा पनि खेपिरहेका छन् । सो मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा हुँदै छ ।