April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रियल मड्रिडद्धारा क्याडिज २–० ले पराजित

2K

काठमाडौं । स्पानिस ला लिगाका दोस्रो स्थानको खेलमा रियल मड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ । रियलले दुवै गोल दोस्रो हाफमा चार मिनेट अन्तरमा गरेको थियो ।

क्याडिजको मैदानमा भएको खेलको ७२औं मिनेटमा नाचो फर्नान्डेजले चुवामेनीको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए भने ७६औं मिनेटमा फेडेरिको ऐलभेर्डको पासमा मार्को असेन्सिओले गोल गरेका थिए ।

जितपछि रियलले २९ खेलबाट ६२ अंक जोडेको छ र अझै लिग लिडर बार्सिलोनाभन्दा १० अंङ्कले पछि छ ।

Advertisement