April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले पहिरिए राजमुकुट

2.3K

लन्डन । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन्। शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा नेपालबाट परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) उपस्थित थिए ।
 
उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए। राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए भने पवित्र तेलले अभिषेक गरिएको थियो। त्यसपछि रानी क्यामिलियालाई पनि सोही प्रक्रियाबाट रानी मेरीको राजमुकुट लगाइएको थियो। 

कार्यक्रममा राजपरिवार, विभिन्न देशका नेता, सेलिब्रिटीलगायत २ हजार २०० मानिसहरू सहभागी थिए। 

त्यसपछि उनीहरू बकिङ्हम प्यालेस फर्किने कार्यक्रम छ। उनीहरू फर्किएको हेर्न हजारौं मानिसको भीड समेत लागेको बिबिसीले जनाएको छ।

Advertisement