April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतीय सेनाको हेलिकप्टर दुर्घटना

3.5K

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ। भारतीय समाचारमा उल्लेख भएअनुसार अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर दुर्घटनामा परेको हो ।

बिहीवार पश्चिमी बमदिला मन्डला क्षेत्रमा दुर्घटना परेको हेलिकप्टर केही घन्टा अगाडि नै हराएको थियो । हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको समाचारहरूमा उल्लेख छ ।

उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए। उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ।

Advertisement