भूतपूर्व गोर्खाको पेन्सनबारे बेलायती रक्षा मन्त्रालयको खुलासा: प्रेम गाहा मगरलाई मन्त्रालयको पत्र
लण्डन । बेलायत सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको पेन्सन वापत बार्षिक १ सय २० मिलियन पाउण्ड भुक्तानी गरि रहेको खुलासा भएको छ । बेलायतको रक्षा मन्त्रालयले गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष एवम् गोर्खा डिपार्टमेन्टका प्रमुख प्रेम गाहा मगरलाई पत्र लेख्दै यो तथ्य खुलाएको हो । नेपालस्थित स्टाण्डर्ड चार्टर्ड बैंकमार्फत भूतपूर्व ब्रिटिश गोर्खाहरुलाई पाउण्डमै पेन्सन भुक्तानी...