April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनए यूके अध्यक्षमा गाहामगरलाई समर्थन गर्दै खड्काद्वारा आफ्नो उम्मेदवारी फिर्ता

5.6K

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष सुनीलबाबु खड्काले अर्का उम्मेदवार प्रेम गाहा मगरलाई समर्थन जनाउँदै आफूले अध्यक्ष पदमा उम्मेदवारी नदिने बताएका छन् ।

आइतबार राति एक वक्तव्य जारी गर्दै खड्काले अब आफूले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उपाध्यक्ष खड्काले आफूभन्दा अनुभवी र दुइ पटक उपाध्यक्ष पदमै रहेर काम गरि सकेकाले अध्यक्ष पदमा गाहा मगरलाई आफ्नो समर्थन रहेको बताए ।

No description available.

‘नेपाली समाजको एकताका लागि गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनलाई मित्रवत र स्वभाविक बनाउने उद्देश्यले संघमा मैले भन्दा पहिलेदेखि कार्य गर्दै आउनु भएका संघमा म भन्दा वरिष्ठ वर्तमान उपाध्यक्ष तथा वर्ष २०२१–२०२३ का लागि अध्यक्ष पदका उम्मेदवार श्री प्रेम गाहा मगरको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दै मैले अध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको छु,’ वक्तव्यमा उनले भनेका छन्, ‘अध्यक्ष पदमा प्रेम गाहा मगरको समर्थन गर्दै संघमा सकारात्मक परिवर्तन ल्याउने तथा समाज सेवामा निरन्तर क्रियाशील हुने उद्देश्यले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गर्दछु ।’

Advertisement

एनआरएनए अभियन्ता शेर सुनारको सक्रियतामा भएको बैठकमा खड्काले अध्यक्ष पदमा उम्मेदवारी नदिई आगामी नेतृत्वका लागि प्रेम गाहा मगरलाई समर्थन गर्दै आफू पुनः एक कार्यकाल गाहा मगरको नेतृत्वमा नै उपाध्यक्ष पदमा बस्न सहमति जनाएका हुन् । अध्यक्ष पदका अन्य आकांक्षीहरुबीच पनि सहमतिको प्रयास जारी रहेको सुनारले बताए ।

No description available.

एनआरएन यूकेको आगामी कार्यकाल (२०२१–२०२३) का लागि खड्का सहित चार जनाले उम्मेदवारी घोषणा गरेका थिए । खड्काले गाहा मगरलाई समर्थन जनाएसँगै अब उम्मेदवारको संख्या तीन भएको छ र प्रेम गाहा मगर सबै भन्दा बलियो उम्मेदवार को रुपमा देखिएका छन् ।

एनआरएन यूकेको वर्तमान कार्य समितिमा ६ जना उपाध्यक्ष छन् । ती मध्ये पाँच जना एक ठाउँमा उभिएका छन् । प्रेम गाहा मगर, सुनिलबाबु खड्का, नारायण कँडेल, रामचन्द्र पोखरेल र मोहन कार्की एक ठाउँमा रहेका छन् भने महिला उपाध्यक्ष रोजिना प्रधान एक्लै प्रतिस्पर्धामा छिन । एनआरएन इंग्ल्यान्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठ पनि मैदानमा छन्।

गाहा मगरलाई समर्थन जनाएका खड्काले पदका लागि तछाड मछाड गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसले बेलायतको नेपाली समाजलाई हित नगर्ने स्पष्ट पारे। उनले सर्वसम्मत रुपमा नेतृत्व छनौट गर्न पनि आग्रह गरेका छन् ।

उपाध्यक्ष सुनीलबाबु खड्काको वक्तव्य

आदरणीय बाबाआमा दाजुभाई दिदीबहिनीहरु

गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन (३१जुलाई २०२१) का सन्दर्भमा मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको कुरा सर्वविदितै छ ।

संघको उपाध्यक्षको रुपमा (२०१९–२०२१) दुई वर्ष सफलतापूर्वक कार्य गरिसकेको अवस्थामा मेरो उम्मेदवारी स्वभाविकै हो । तर पनि संघमा विगतको असहज निर्वाचनलाई लिएर बेलायतको नेपाली समाजमा आएको विभाजनलाई मध्यनजर गर्दै सर्वसम्मत नेतृत्व छनौटका लागि प्रयास गरिएको थियो । मेलमिलापको प्रयास स्वरुप निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका सबै उम्मेदवारहरुलाई मिलेर आउनसमेत मैले अनुरोध गरेको थिएँ ।

तर, दुर्भाग्य यस बेलायतको नेपाली समाज तथा गैरआवासीय नेपाली संघ यूकेमा एकता तथा मेलमिलाप हुनपर्ने आवश्यकतालाई नजर अन्दाज गर्दै केबल पदका लागि तछाडमछाड गर्ने प्रवृत्तिले समाजमा थप नकारात्मक प्रभाव पर्ने निश्चित छ ।

अतः नेपाली समाजको एकताका लागि गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनलाई मित्रवत र स्वभाविक बनाउने उद्देश्यले संघमा मैले भन्दा पहिलेदेखि कार्य गर्दै आउनु भएका संघमा म भन्दा वरिष्ठ वर्तमान उपाध्यक्ष तथा वर्ष २०२१–२०२३ का लागि अध्यक्ष पदका उम्मेदवार श्री प्रेम गाहा मगरको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दै मैले अध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गरेको छु । अध्यक्ष पदमा प्रेम गाहा मगरको समर्थन गर्दै संघमा सकारात्मक परिवर्तन ल्याउने तथा समाज सेवामा निरन्तर क्रियाशील हुने उद्देश्यले पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने घोषणा गर्दछु ।

धन्यवाद

सुनीलबाबु खड्का

उपाध्यक्ष

गैरआवासीय नेपाली संघ यूके

३० मे २०२१

No description available.