लण्डन – गैर-आवासीय नेपाली संघ यूकेको आगामी निर्वाचनको लागि गुल्मी जिल्ला समाज युकेसंग आवध्द १० उमेदवारहरु अध्यक्ष देखि लिएर कार्यसमिति सदस्यसम्म प्रत्यासीको रुपमा उत्रेका छन्।
यसै सन्द्रर्भमा सबै उमेदवारहरुद्वारा हिजो आयोजना गरिएको परिचय तथा अन्तरक्रिया कार्यक्रममा गुल्मी जिल्ला समाजका अध्यक्ष श्री तोप पल्ली, संस्थापक अध्यक्ष श्री ओम थापा, पूर्व अध्यक्ष अर्जुन गौतम, निबर्तमान अध्यक्ष श्री राम गलामी , सल्लाहकार श्री केशब भण्डारी, दुर्र्गा पाण्डे,, टाम धोगी, बर्तमान उपाध्याय श्री मोति पुन, महासचिव श्री बिर बलाल, प्रवक्ता श्री रुद्र थापा, सह-कोषाध्यक्ष श्रीमती तारा भट्टराई , सदस्यहरु क्रमश:मोहन लाल घिमिरे , मुकुन्द खरेल लगायत सामाजिक अभियन्ताहरुको बिशेष उपस्थिति रहेको थियो।
समाजका सल्लाहाकार ,एनआरएन युकेका उपाध्याय एवं आगामी कार्यकालका लागि अध्यक्ष पदका बलिया प्रत्याशी प्रेम गाहा मगर लगायत गोबिन्द खरेल-उपाध्यक्ष प्रत्यासी, बिष्णु खरेल-उपाध्यक्ष प्रत्यासी , छबिलाल अर्याल-उपाध्यक्ष प्रत्यासी , दिवाकर पाण्डे- अध्यक्ष प्रत्यासी (राज्य समन्वय परिषद स्कटल्याण्ड), काशिराम शर्मा अध्यक्ष प्रत्यासी (राज्य समन्वय परिषद स्कटल्याण्ड), भिम खनाल ( सदस्य ), हिरा सापकोटा (दीपक)- सदस्य, राम प्रसाद पन्थी (सदस्य) तथा भानुभक्त घिमिरे (सदस्य) को प्रत्यासी रहेका आ-आफ्नो परिचय दिदै सबै गुल्मीहरूको एकता र सहकार्यमा जोड़ दिनु भएको थियो ।
उपाध्यक्षका प्रत्याशी एवं इन्ल्याण्ड राज्य परिषदका सचिव गोबिन्द खरेल संचालन गरेको सो भर्जुयल कार्यक्रममा उम्मेदवारहरुद्वारा गुल्मी जिल्ला समाज युकेका अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई सिंगो समाजले प्रत्यासी हरुद्वारा के कस्तो अपेक्षा गरेको छ ? तथा कसरी सम्पूर्ण उमेदवारहरुलाई सहयोग गर्न सकिन्छ भन्ने बारेमा बिचार बिमर्श गरिएको थियो, भने वक्ताहरु द्वाराआ-आफ्नो विचार पनि प्रस्तुत गरिएको थियो।
बेलायतमा गुल्मेलीहरुको बाक्लो संख्या रहेको र गुल्मी जिल्ला समाज युके विभिन्न परोपकारी कार्यक्रमहरुमा अग्रणी स्थानमा रहदै आएको छ।
प्रथम पटक गैर-आवासीय नेपाली संघ युकेको इतिहासमै गुल्मीका प्रत्यासीद्वारा गैर-आवासीय नेपाली संघ यूकेको अध्यक्ष पदकोलागि दाबेदारी दिइएको र सबै क्षेत्र र समुदायबाट सहयोग भइरहेकोमा सबै गुल्मीहरूले एनआरएनको सदस्य लिई यस अवसरलाई सार्थक बनाउनु पर्ने सबै वक्ताहरूको सुझाव रह्यो ।
कार्यक्रममा, गुल्मेको एकता, प्रतिष्ठा तथा मानसम्मानको लागि प्रत्यक गुल्मेली प्रत्यासीहरुलाई जिताउनको लागि सम्पूर्ण गुल्मेली एकजुट हुनु पर्ने कुरामा बिशेष जोड दिंदै आगामी निर्वाचनमा समाजको तर्फबाट प्रत्यासीहरुलाई पूर्ण सहयोग पुरयाउने पनि अस्वाशन गरियो। अहिले, सबै भन्दा महत्वपुर्ण बिषय, सदस्यता गराउने रहेकोले बेलायतका प्रत्येक कुना कुनामा रहेका गुल्मेलीगहरूलाई आ-आफ्नो तर्फबाट सबै आव्हान गरि जुन १० सम्म सम्पूर्ण गुल्मेलीहरुलाई सदस्यता लिनुहुन पनि अनुरोध गरिएको छ।