लण्डन – गैर आवासीय नेपाली संघ (एनआरएन) यूकेको आगामी चुनावमा कोषाध्यक्ष पदमा भरतमणी चोङवाङले उम्मेदवारी दिने घोषणा गरेका छन् । योर्क नेपलिज कम्युनिटीका महासचिव भरतमणी चोङबाङ विभिन्न संघसस्थामा आबद्ध भई समाजसेवा गर्दै आएका एक उद्यमी युवा हुन् ।
चोङबाङ आफू ब्रिटिश गोर्खा सिपाहीं हुनुपूर्व नेपालमा छँदा शिक्षकको रुपमा जागिरे थिए । सैनिक अवकासपछि उनी हाल जेनस्टार फाइनान्सको बरिष्ठ सल्लाहकारको रुपमा कार्यरत छन् । संगीत, लेखन र पत्रकारितामा पनि रुची राखेका भरतमणी चोङबाङ एक समकालीन ‘मोटिभेसनल स्पीकर’ को रुपमा पनि चिनिन्छन् ।
आगामी २०२१ – २०२३ को कार्यकालको लागि आउदो ३१ जुलाई २०२१ का दिन निर्वाचन हुदैछ । निर्वाचनमा सहभागी हुन र मतदान गर्नको लागि यसै हप्ता जुनको १० तारिख भित्र सदस्य बनिसक्नु पर्नेछ । सदस्यता बन्ने समय अव केही दिन मात्रै बाँकी रहँदा आज जुन ७ तारिखसम्ममा ३ हजार ६ सय जना सदस्य बनिसकेको छन् । एनआरएनए यूकेको सदस्यतका लागि अनलाइन आवेदन दिन पर्ने हुन्छ ।
दर्ता फारम भर्दा एक प्रति प्रोफाइल फोटो, आफ्नो ड्राइभिङ लाइसेन्सको दुबै पट्टिको फोटो र एउटा एड्रेस पु्रफ अपलोड गर्नु पर्ने हुन्छ । ड्राइभिङ लाइसेन्स नहुनेहरुले आफ्नो पासपोर्ट र भीसाको कपी वा एनआरएनए यूकेको आइडी कार्डको फोटो कपी अपलोड गर्नु पर्ने हुन्छ । अनलाइन दर्ता सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ ।