April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायती जसुसी संस्थाको दाबी– कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट ‘लिक’

1.9K

काठमाडौं– अमेरिकापछि बेलायतको जासुसी संस्थाले पनि कोरोना महामारीको शुरुवात चीनको प्रयोशालाबाट भाइरस लिक भएपछि भएको दाबी गरेको छ।

बेलायती पत्रिका सन्डे टाइम्समा यो समाचार स्रोतलाई उदृत गर्दै प्रकाशन भएपछि बेलायती स्वास्थ्य मन्त्री नदीम जहावीले विश्व स्वास्थ्य संगठनसँग कोरोना भाइरसको स्रोत पत्ता लगाउनका लागि जाँचको माग गरेका छन्। 

जहावीले भनेका छन्,‘यो आवश्यक छ कि डब्ल्यूएचओलाई आफ्नो जाँच पूरा गर्न दिनुपर्छ ताकि कोरोना भाइरसको स्रोत पत्ता लगाउन सकोस्। हामीले यसमा कुनै कसर बाँही रहन दिनु हुँदैन।’

Advertisement

कन्जर्भेजिभ सांसद टम टुगेडटले पनि यो रिपोर्टमाथि प्रतिक्रिया दिएका छन्।  उनले बुहान चुपचाप बसेको भन्दै वास्तविकता पत्ता लगाउन आवश्यक रहेको बताए। 

उनले विश्व स्वास्थ्य संगठन र विश्वभरका सहयोगी मिलेर यसबारे जाँच शुरु गर्नुपर्ने बताए।

केही दिन पहिला अमेरिकी जासुसी संस्थाले पनि महामारी फैलनु अघि बुहानको ल्यावका तीन शोधकर्ता बिरामी परेको र उनीहरुमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाएको थियो। 

तर चीनले यसलाई अस्वीकार गर्दै आएको छ। 

डब्ल्यूएचओको एक टीमले बुहान गएर यसको जाँच गरेको थियो। डब्ल्यूएचओले कोरोना भाइरस चिनियाँ ल्याबबाट लिक भएको भन्ने कुराको पर्याप्त प्रमाण फेला नपरेको जनाएको थियो।