डर, धम्की दिने व्यवसायीहरूसँग मन्त्रीले नै कुरा गर्ने, डिमान्ड स्वीकृत जस्ताको त्यस्तै नगर्न निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमान्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले डिमान्ड आयो भन्दैमा राम्रोसँग बुझेर स्वीकृत नदिन आग्रह गरेका हुन् । मन्त्री कुँवरले उनीहरूलाई...