November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

गठबन्धनको जित निश्चित छ, सिट बाँटफाँटमा कुनै समस्या छैन : नेता खनाल

2.2K

इलाम । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनबीच सिट बाँटफाँटमा कुनै समस्या नरहेको तर गठबन्धन टुटाउन चाहनेहरुले षणयन्त्र गरिरहेको बताएका छन् ।

बिहीबार इलामको सूर्योदय नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त नगर घोषणा कार्यक्रममा उनले गठबन्धन टुटाउन षड्यन्त्र गर्नेहरुले समस्या देखाएको आरोप लगाए । उनले अहिलेको निर्वाचनमा गठबन्धनले इमान्दारीता देखाउने पनि बताए । गृह जिल्ला पुगेका खनालले इलाममा पनि गठबन्धको जित सुनिश्चित भएको बताए ।

५८औँ बाल दिवसको अवसर पारेर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गरेको हो । उनले बालबालिका भविष्यका कर्णधार भएकाले बालबालिकामैत्री शासन हुनु राम्रो भएको पनि उल्लेख गर्दै बालबालिका संरक्षणको भूमिका राज्यको हुने पनि बताए ।

Advertisement

५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासन घोषणा गरिएको नगरपालिकाले जनाएको छ । प्रदेश १ को बालमैत्री स्थानीय शासन घोषणा गर्ने सूर्योदय नगरपालिका तेस्रो स्थानीय तह रहेको बताईएको छ ।