‘गाउँगाउँमा सिंहदरबार’को अवधारणालाई साकार पार्न कांग्रेसको जित आवश्यक: सिंह
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरुको विस्तारै चासो बढ्नु सकरात्मक भन्दै अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् । शनिबार मोरङ समाज काठमाडौंले दशैंतिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरुलाई सिपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोडदिँदै सिपसँग शिक्षालाई जोड्नुपर्ने...