महारानी एलिजावेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा गरिने, बेलायतका दर्जनौं कार्यक्रम स्थगित
लन्डन । दिवंगत बेलायतकी महारानी एलिजावेथको शवलाई सेप्टेम्बर १९ दिन बिहान अन्त्येष्टि गरिने भएको छ । शव बालमोरल क्यासलबाट एडिनबर्ग दरबार परिसरमा रहेको होलिरूड हाउसमा ल्याइएको छ । स्कटल्याण्डको बालमोरल दरबारबाट गाडीमा शव ल्याउन ६ घण्टा लागेको थियो । शव ल्याउने शहर, गाउँ र बाटोभरी मानिसहरू लाइन लागेर दिवंगत महारानीप्रति श्रद्धाञ्जली दिएका थिए । शव...