महारानी एलिजाबेथको निधनमा नेपालमा तीन दिन शोक, सरकारबाट समवेदना प्रकट
काठमाडौं । नेपाल सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व.महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय...