भवन भट्टद्वारा स्थापित एक करोड राशीको ‘भवन-किर्ती रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्रलाई
काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए)का पूर्वअध्यक्ष एवं संरक्षक भवन भट्टले आफ्नो जन्मदिनको अवसर पारेर आफैंद्वारा स्थापित रु.एक करोड राशीको ‘भवनकिर्ती रत्न’ सम्मान राष्ट्रिय आविस्कार केन्द्र तथा केन्द्रका संस्थापक महावीर पुनलाई प्रदान गरेका छन् । मंगलवार एनआरएनएको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रधान गरिएको हो । नेपालका वैज्ञानिक तथा समाजसेवी...