काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगी संक्रमण भएको छ । उनी एक्कासी बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पाइएको हो ।
नलाई १०४ डिग्री ज्वरो आएको थियो । पछिल्लो समय नेता तथा कार्यकर्ताको भेटमा निकै व्यस्त रहेका थापा बढी नै धपेडीमा थिए । जिल्ला जिल्लाबाट आएका उम्मेदवारका आकांक्षीहरु उनको घरमै लाइन लागेर उनीसँग आफ्ना विचार राख्दै आएका थिए ।
त्यतिमात्र होइन थापा आफू आफ्नो उम्मेदवारी क्षेत्र काठमाडौं क्षेत्र नम्बर ४ का विभिन्न क्षेत्रमा जानुका साथै अन्य राजनीतिक भेटघाटमासमेत सक्रिय थिए ।
यता, अर्का महामन्त्री विश्वप्रकाश शर्मा शुक्रबारदेखि काममा फर्कदै छन् । उनको लेजर थेरापीबाट शल्यक्रिया गरिएको थियो । केही दिनदेखि उनी आरामरत थिए । उनी गत भदौ २५ गतदेखि सबैसँग टाढा रहेर आरामरत थिए । उनी शुक्रबारदेखि पार्टी कार्यालय गएर कामको थालनी गर्नेछन् ।