विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया विधिवत रुपमा शुभारम्भ
काठमाडौं। वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा स्वरोजगारदातालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन प्रक्रिया शुरु गरिएको छ । बुधबार एक समारोहबीच विधिवत रुपमा काम अघि बढाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा ल्याउने योजनाको सुरुवात गरेका हुन् । इजरायलमा रहेकी मन्जु थपलिया वैदेशिक रोजगारदाताको...