क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुर मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड केहीबेर अघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुगेका हुन् । नेपाली क्रिकेटरलाई विजयको शुभकामनाको लागि प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा पुग्नु भएको उनका प्रमुख स्वकीय सचिव रमेश मल्लले...