काठमाडौं । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ५ नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।
बढुवा समितिले ५ जनालाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले डीआईजीहरु वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको छ।
उनीहरु ५ जना मध्येबाटै १ जना आउँदो चैत ११ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजी)मा बढुवा हुनेछन्। प्रहरीमा भएको ३० वर्षे हदम्याद नहटाए यिनै पाँचमध्ये एकले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।