राष्ट्रपतिले खुवाए सांसदहरुलाई चिया, जिम्मेवारीमा इमान्दार बन्ने प्रण
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद तथा प्रदेश सभाका सांसदहरूका लागि चियापान कार्यक्रम गरेका छन् । शीतलनिवासमा राष्ट्रपति पौडेलले भेटघाट तथा चियापान कार्यक्रम गरेका हुन । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मत हाल्न काठमाडौं आएका प्रदेश सांसदहरू लगायतलाई चियापानमा सरिक गराइएको राष्ट्रपति कार्यालयले जनाएको छ। चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति...