दोस्रो पटक विश्वासको मत लिंदै प्रचण्ड, १० दलको समर्थन रहने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिदैछन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिएका दाहालले ३ महिनाभित्रै...