काठमाडौं । प्रतिनिधिसभामा एक सदस्यको स्थान रिक्त भएको छ । जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभामा एक सदस्य पद रिक्त हुन पुगेको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेलेले बारा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद यादव यही चैत्र ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सभामा जानकारी गराएका थिए ।
त्यस्तै राष्ट्रपतिमा रामचन्द्र पपौडेल निर्वाचितभएसँगै यसअघि नै तनहुँ क्षेत्र नम्बर १ खाली भएको छ । पौडेल गत मंसिर ४ मा भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर पौडेल राष्ट्रपति निर्वाचनमा विजयी भएसँगै उक्त निर्वाचन क्षेत्र खाली भएको हो ।