April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ

1.1K

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति कार्यालयशितल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । सपथ ग्रहण समारोहमा निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यहि चैत ३ गते सम्पन्न भएको उपराष्ट्रपतिको निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । शपथ ग्रहण लगत्तै यादवले उपराष्ट्रपति भवनमा गएर पदभार ग्रहण पनि गरेका छन् ।

Advertisement