April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

चार मुक्तकः चार सन्देश

2.5K

कृष्ण बाउसे

कोही अजम्बरी छैन, एकदिन जो पनि माटो हुन्छ
अरूको हीत गर्नेकै भागमा खुशीको हाँसो हुन्छ
उसैपनि नासिने यो शरीर र यसको सँगी मनलाई
त्यसैले सधैँ जगतकै सेवामा जोताउनु जाती हुन्छ ।xcxc c 6we87

वन सखाप पार्यौं, कागतमा मिलायौँ रुख रोप्नुपर्दा
चिन्तै मानेनौँ आफूले गरेको फोहर नदिले बोक्नुपर्दा
भोलिको पुस्ताले हामीलाई अवश्य नै सराप्नेछ
प्रातभ्रमणमा जाँदासमेत छुट्टै अक्सिजन,b बोक्नुपर्दा ।
२ ”

Advertisement

बरु साग महँगो लाग्छ, किन्नुअघि सोच्छन् उनी
’फलफूल महँगो छ,नखाए हुन्छ’– खोक्छन् उनी
रक्सीसँग मात्र उनको यो कस्तो गजबको प्रेम !
घरको खुशी जाकटी राखेरै मनमौजी धोक्छन् उनी ।

के हेर्नु ! कसैले टेकेको माटो नै चुक्चुकाइरहेको !
के हेर्नु ! कसैलाई अकालै कालले कुत्कुत्याइरहेको !
रोगी बनिरहेछन् बुझ्नेहरू नै आफ्नै कुलतका कारणले
के हेर्नु ! जिउँदा लासको मुखबाट धुवाँ पुत्पुताइरहेको !