बेस्सरी माया लाग्छ तिम्रो
मुटुलाई धड्कनको माया भन्दा अझ बढी
कस्सम् !
झुटो बहाना बनाएर
आफ्नै नजरमा गिरौं, यो मन्जुर छैन
तिम्रो लागि म बेस्सरी स्वाभिमानी छु
हरपल चाहन्छु तिम्रो साथ
जसरी पछ्याउँछ सेकेन्डले
हर मिनेट–मिनेटको साथ
जस्तैः
बिहानी किरणको पर्खाइमा
शीतले काट्नुपर्छ डरलाग्दो कालो रात
म यसै हिउँ झैं पग्लेर बिलाईदिन सक्छु
कस्सम् !
यदि तिम्रो साथ पाईनँ भने ?
सधैं यस्तै यस्तै कल्पिन्छु
अनि जाडोको रापले
अनि बतासको तीखो प्रहारले
मुटु हल्लिने गरी
उस्तै औंलाहरु कक्रेर जाम पर्दा
तिमिलाई म न्यानो सप्को बनाउंँछु
फेरी कतै मन दुखेर
गह चिसिएर झर्नै लाग्दा
तिम्रै सहारामा
सुस्तरी झर्छु तिम्रै एक छेउ
बेस्सरी जरुरत पर्छ
तिम्रो साथको मलाई
जसरी घाँमको जरुरत चिसोलाई
हाँस्दा, रुँदा टाउको चर्कने गरि दुख्दा
जती जरुरत
सायद कसैलाई कसैको हुँदो हो
म त्यति चाहन्छु तिमिलाई
सायद
कसैले कसैलाई चांँहदो हो
ए मेरो मुटुको साथी तिमी
ए मेरो पछ्यौरी !
कसैको घाँटी
र छातीको शान बनी
कसैको व्यक्तित्वको मान बनी
मेरो लागि भने
हृदय कै साथी बनेको छौ
म तिमिलाई रगत सरी मान्छु
किनकी
मेरा चिसो जिन्दगीमा
न्यानो बनेको छौ तिमी
र गर्मीको तापमा
छेवल पर्ने शितल ओत बनेको छौ
म बेरिएर
तिमिमै समेटिएर रहनेछु
जबसम्म जिउँदो रहनेछु
नछोड्ने भनी बाँचा गर्दिनँ
तर प्राण रहुन्जेल सम्म
तिम्रै बहुपासमा समेटिने छु
तर
जिन्दगी मेरो हातमा छैन
कुनै पल कुनै ठाउँमा
मेरो इहलिला मेटिने पक्का छ
त्यो बेलापनि म तिमिलाई
छोड्ने छैन
बाचा गर्छु म
तिम्रो सप्कोमा बेस्सरी बेरिएर
दुखेको टाउको वा
दुखेको मुटुमा बलियो गरि बेर्ने छु तिमीलाई !
त्यतिबेला
संसारले छोड्ने छ
आफ्नाले छोड्ने छन्
तर तिमिलाई भने
आफूसँगै समाहित गरेर जाने छु
ए मेरो मफलर !
तिमीले जति साथ मलाई सायदै कसैले दियो
जहाँ–जहाँ जसको जरुरत थियो … !
जुनु दिव्या राना