पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा नेपाल विद्यार्थी संघले एक दिने प्रशिक्षण तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्यार्थी संघ पाँचथर बहुमुखि क्यापस इकाइले कार्यक्रम आयोजना गरेको हो । नेपाल विद्यार्थी संघ पाँचथर बहुमुखी क्यापस इकाइका कार्यवाहक सभापति सुबास बाँस्कोटाको अध्यक्षता र नेपाली काँग्रेस पाँचथरका जिल्ला सभापति रुपनारायण जबेगुको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पाँचथरका निर्वतमान जिल्ला सभापति नरेन्द्र केरुङ, फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्ले र तरुण दल र नेविसंघका नेताहरुको उपस्थिति रहेको थियो ।
नेपाल विद्यार्थी संघ, संगठन र जिल्ला भित्र संगठन विस्तार, पाँचथरमा रहेका विद्यालयमा शिक्षाको अवस्था, विद्यार्थीको काम र कर्तव्यका विषयमा प्रशिक्षण दिइएको बताईएको छ ।