March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

शिक्षा ऐन ल्याउन माग गर्दै संसद् भवन अगाडि नेविसंघको विरोध प्रदर्शन

1.9K

काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले संसद् भवन अगाडि विरोध प्रदर्शन गरेको छ । उच्च शिक्षा ऐन २०७६, सङ्घीय शिक्षा ऐन लगायतका ऐनहरू कार्यान्वयन गर्न माग गर्दै बुधवार त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघसँग आबद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले लामो समयदेखि मस्यौदामा सीमित भएका ‘उच्च शिक्षा ऐन’ ‘सङ्घीय शिक्षा ऐन’ लगायतका ऐनलाई संसद्मा प्रस्तुत गर्न र संसद्को शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारित गर्ने बाटो प्रशस्त गर्न सरकार र शिक्षामन्त्रीसमक्ष माग गरेका छन् ।

उनीहरुले उल्लेखित विषयमा सरकार मौन बसे विद्यार्थी आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

Advertisement