एसियाडबाट नेपालले धेरै कुरा सिकेको छ– मन्त्री लिम्बु
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)बाट नेपालले धेरै कुरा सिकेको बताएका छन् । उक्त प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन र नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न मन्त्री लिम्बु आफै चीन गएर हालै स्वदेश फकिएका छन् । नेपाली खेलाडीहरुले उलेख्य पुर्व तयारी विना नै एसियाडमा प्रतिस्पर्धा गर्नुपरेको बताउदै...