काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपालले लगातार चौथो जीत निकालेको छ। सोमबार भएको खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले भृतया अरविन्द र बासिल हमिदको शानदार ब्याटिङको मद्दतले यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । उक्त लक्ष नेपालले ४ बल अगावै पछ्यायो ।
दीपेन्द्र सिंह ऐरीले नटआउट रहँदै मात्र १५ बलमा ४० रन बनाउँदै नेपाललाई जीतसम्म डोर्याए । उनले ६ छक्का र १ चौका हिर्काए ।
नेपालले तेस्रो ओभरमा नै ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । पहिलो ओभरमा नै कुशल भुर्तेल मात्र १ रन बनाएर आउट भने लगत्तै अर्को ओभरमा सोमपाल कामी पनि २ रन बनाएर आउट भए । त्यसै गरी कुशल मल्ल शून्य रनमा आउट भएका थिए ।
त्यसपछि कप्तान रोहित पौडेलले ओपनर आसिफ शेखसँग मिलेर नेपालको पाली सम्हालेका थिए । शेखले ५० बलमा ६२ रन बनाए । उनले यसक्रममा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै कप्तान पौडेलले ४२ बलमा ४७ रनको योगदान दिए । उनले चार चौका र १ छक्का हिर्काए भने आसिफ खानले १८ तथा खालिद साहले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाष बोहराले २–२ विकेट लिए भने करन केसी र गुल्सन झाले १–१ विकेट लिए ।
WordPress database error: [Disk full (/tmp/#sql-temptable-7c63e-96d522-1fae5.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]
SELECT SQL_CALC_FOUND_ROWS DISTINCT wp_posts.*, SUM( COALESCE( pvc.count, 0 ) ) AS post_views
FROM wp_posts LEFT JOIN wp_post_views pvc ON pvc.id = wp_posts.ID AND pvc.type = 4
WHERE 1=1 AND (
wp_posts.post_date >= '2023-11-26 02:27:55'
) AND ((wp_posts.post_type = 'post' AND (wp_posts.post_status = 'publish' OR wp_posts.post_status = 'acf-disabled')))
GROUP BY wp_posts.ID HAVING post_views > 0
ORDER BY post_views DESC, wp_posts.ID DESC
LIMIT 0, 5