March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

एसिसी यू–१९: इरानमाथि नेपालको शानदार जित

1.6K

काठमाडौं । एसिसी यू–१९ प्रिमियर कपमा नेपालले इरानमाथि २७४ रनको फराकिलो अन्तरको जित निकालेको हो । बिहीबार मलेसियामा भएको खेलमा नेपालले दिएको ३५४ रनको विशाल लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमै अलआउट भएको हो ।

इरानका लागि विकेटकिपर ब्याट्सम्यान अमेर खुर्सदले ३७ रन जोडे भने अरु ब्याट्सम्यान सस्तैमा आउट भए ।

बलिङमा नेपालका सुवास भण्डारी र दिपेश कडेँलले ३–३ विकेट लिए भने हेमन्त धामीले २ विकेट हात पार्दा आकास चन्दले पनि २ विकेट लिए ।

Advertisement

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालले शतकमा ३५३ रन जोडेको थियो ।

मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन्। समूहको शीर्ष टिम सेमिफाइनलमा पुग्नेछ ।

अब नेपालले आइतबार बहराइनसँग खेल्नेछ ।