क्यानको सचिव पदमा पारस खड्का निर्वाचित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको क्यानको केन्द्रीय चुनावमा खड्काले प्रशान्त मल्ललाई हराउँदै विजयी भएका हुन् । निर्वाचनमा कुल ८५ मत खसेकोमा पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मत प्राप्त गरे । खड्का अध्यक्ष चतुरबहादुर चन्दको प्यानलबाट उठेका थिए । नेपाली क्रिकेट टोलीका...